CLI
Global College

फोन–पेका २० प्रतिशत शेयर राजेन्द्र खेतान समूहद्वारा किन्ने पक्का, राष्ट्र बैंकको स्वीकृति प्रतीक्षा

काठमाडौं । एफवान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल भुक्तानी सेवा प्रदायक ‘फोन–पे सर्भिस लिमिटेड’को २० प्रतिशत शेयर व्यवसायी राजेन्द्र खेतान समूहले खरिद गर्ने भएका छन्। कम्पनीले शेयर बिक्रीका लागि राखेको मापदण्डमा खेतान समूहको हाउस अफ राज कम्पनी मात्रै छनोट भएपछि प्रारम्भिक सम्झौता ९एनडीए० भइसकेको हो।

खेतान समूहले फोन–पेको २ लाख कित्ता शेयर खरिद गर्न १ अर्ब ४० करोडदेखि १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्न तयार भएको स्रोतले जनाएको छ। यसका लागि एफवान सफ्ट र खेतान समूहबीच गोपनीयता सम्झौता भइसकेको छ भने राष्ट्र बैंकमा शेयर खरिदबिक्री स्वीकृतिको प्रक्रिया अघि बढाइएको छ। स्वीकृति पाएपछि मात्रै शेयर खरिद प्रक्रिया सम्पन्न हुनेछ।

फोन–पे सर्भिस लिमिटेडमा एफवान सफ्ट ग्रुपको १०० प्रतिशत स्वामित्व ९१० लाख कित्ता० रहेको छ। एफवान सफ्टमा संस्थापक विश्वास ढकालसँगै अस्गर अलि र सम्भव सिरोहियाको समेत लगानी रहेको छ। हाल फोन–पेको अध्यक्ष ससिन जोशी हुन् भने सञ्चालकमा सिद्धान्त ठकुरी र सम्भव सिरोहिया रहेका छन्।

फोन–पेले शेयर बिक्री गर्न लगानीकर्ता खोजिरहेको थियो। मापदण्ड अनुसार कुनै विवादमा नरहेका, कालोसूचीमा नपरेका, राजनीतिक लबिङमा संलग्न नरहेका व्यवसायीलाई फोन पेले आफ्नो साझेदारको रुपमा भित्र्याउन खोजेको थियो । उक्त मापदण्डमा खेतान समूह मात्रै पर्यो ।

कम्पनीका प्रमुख लगानीकर्ता विश्वास ढकाल, अस्गर अलि र कैलाश सिरोहियालगायतलाई उनीहरुको आफ्नो व्यवसायको अन्य क्षत्रेमा नगद पुँजीको आवश्यक परेकाले शेयर बिक्री गर्ने निर्णयमा पुगेको बताइएको छ। अस्गर अलि शिक्षामा लगानी गर्दै छन् भने विश्वास ढकालले कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न खोजिरहेका छन्।

गत वर्ष मात्र राजेन्द्र खेतानले गोर्खा ब्रुअरीमा रहेको करिब १० प्रतिशत शेयर बिक्री गरेका थिए। त्यहाँबाट आएको रकम फोन–पेको शेयरमा लगानी गरिएको बुझिएको छ।

फोन–पेः नेपालको डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी
फोन–पे सन् २००४ देखि सञ्चालनमा आएको डिजिटल भुक्तानी सेवा हो, जसले क्युआर भुक्तानी प्रणालीमा महत्वपूर्ण उपस्थिति बनाएको छ। कम्पनीले ५८ भन्दा बढी संस्थासँग साझेदारी गरिसकेको छ भने एप्लिकेशनलाई पाँच लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ।

एफवान सफ्ट अन्तर्गत हाल ई–सेवा, कोग्नेथ हेल्थ, दियालो टेक्नोलोजी, दर्शन टेक, ई–सेवा मनि ट्रान्सफर, एक्सटेन्सो डाटा, लोजिका बिन्स, स्वस्तिक कलेज लगायत नौवटा सहायक कम्पनी छन्। यस समूहभित्रको फोन–पे ले डिजिटल कारोबारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।

Leave Your Comment

Related News