RE
Global College

साउन २६ गतेदेखि ३१ गतेसम्म कोरियाले २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ।

भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले वेबसाइटमार्फत् यो जानकारी गराएको हो। कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषयमा भने खुलाएको छैन।

कोरियाली भाषा अध्ययन गरिरहेका धेरै युवाहरू अहिले परीक्षाको पर्खाइमा छन्। परीक्षा कहिलेदेखि हुने भन्ने जानकारी आइसकेको छैन।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ। नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीबाट श्रमिक लैजान थालेको हो। पछिल्ला वर्षहरूमा वार्षिक १० हजार हाराहारी नेपालीहरू लैजाँदै आएको छ।

NECO

Leave Your Comment

Related News