CLI

निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क संकलन रकम ४३ अर्ब ९५ करोड, शिखर पहिलो हुँदा अरु कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षको असारसम्म निर्जीवन बिमा कम्पनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीहरुले ४१ अर्ब १७ करोड रुपैयाँ बराबरको उक्त शुल्क संकलन गरेका थिए ।

यसअवधिसम्म आइपुग्दा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यसको उक्त आम्दानी ५ अर्ब ४७ करोड थियो ।

दोस्रोमा, सगरमाथा लुम्बिनीले ५ अर्ब, सिद्धार्थ प्रिमियरले ४ अर्ब ३१ करोड २ लाख र हिमालयन एभरेष्टले ४ अर्ब १० करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीहरुले क्रमशः ४ अर्ब ७७८ करोड, ४ अर्ब १७ करोड र ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको तथ्यांकले देखाएको छ ।

यस्तै, आइजीआई प्रुडेन्सियलले ३ अर्ब ८६ करोड, नेकोले ३ अर्ब २८ करोड कुल बिमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको तुलनामा यिनीहरुको उक्त शुल्क संकलन क्रमशः करिब ५ र ४ प्रतिशतले बढेको छ ।

असारसम्म एनएलजीले ३ अर्ब ६ करोड ४८ लाख, युनाइटेड अजोडले २ अर्ब ७८ करोड, ओरियन्टल इन्सुरेन्सले २ अर्ब ७४ करोड, सानिमा जीआइसीले २ अर्ब ७० करोड, नेपाल इन्सुरेन्सले २ अर्ब ३ करोड, प्रभुले १ अर्ब ८६ करोड, राष्ट्रिय बिमाले १ अर्ब ३७ करोड र नेसनल इन्सुरेन्सले १ अर्ब ६ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको रिपोर्ट अनुसार १४ वटा बिमा कम्पनीले २८ लाख ६४ हजार ९४५ बिमालेख जारी गरेका छन् ।

Leave Your Comment

Related News