RE
Global College

माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने

काठमाडौं  पोखरामा रहेको माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि मा  र प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले  स्वास्थ्य सेवा लिएमा सो सेबा लिए बापत लाग्ने रकममा  विशेष छुट पाउने भएका छन्  । सो सम्बन्धमा बैङ्क र पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक बिचमा औपचारिक सम्झौता भएको छ । छुट लिने दिने सम्बनधमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्  । 

सम्झौता अनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले ५% देखी २०% सम्म छुट पाउने सम्झौता भएको  बैङ्कले जनाएको छ । ।

प्रभू बैङ्क  ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

NECO

Leave Your Comment

Related News