RE
Global College

बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी नयाँ नियम, कुन खर्च सामाजिक उत्तरदायित्व हुन्छ ? कुन हुँदैन ?

काठमाडौं । नेपाल राष्ट्र बैङकले  बैङ्क तथा बित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि मार्ग दर्शन २०८१ संशोधन गरेको छ । संशोधित मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वका मूल्य, मान्यता, मर्म र अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप मुलुक र समाजप्रतिको दायित्व निर्वाह गर्दै गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने भएको छ   । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने खर्च पारदर्शी, प्रभावकारी र उद्देश्यमूलक बनाउने अभिप्रायले मार्गदर्शन जारी गरेको नेपाल राष्ट्र बैङ्कले उल्लेख गरेको छ   ।

संस्थागत सामाजिक उत्तरदायित्व भित्र पर्ने बिषय

जारी मार्ग दर्शन अनुसार बैंकहरुले आफ्नो वार्षिक खुद नाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआर कोषमा अनिवार्य जम्मा गर्नुपर्नेछ ।

बैंकहरुले शिक्षा, स्वास्थ्य, दिगो विकास, वित्तीय साक्षरता, वातावरण संरक्षण लगायतका क्षेत्रमा लक्षित गरी खर्च गर्नुपर्नेछ । गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रमा रहेका सरकारी तथा सामुदायिक विद्यालयमा खेलकुद सामग्री तथा पूर्वाधारमा गरिने लगानी ।

आर्थिक रुपले विपन्न समुदायको छनौट गरी त्यस्तो समुदायको आवास, शिक्षा, स्वास्थ्य, बालबालिका तथा महिलाको उत्थान तथा उक्त समुदाय बसोबास गरिरहेको निश्चित स्थान भएमा त्यसको पूर्वाधार विकास लगायतमा गरिने खर्च ।

गरिबीको रेखामुनि रहेका जनसमुदायको हकअधिकार संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरिएको सामाजिक संस्थामार्फत् त्यस सम्बन्धमा नीतिगत तथा कानूनी वकालत गर्न र त्यस्तो समुदायको राज्यसँग संवाद गर्नसक्ने क्षमता विकास गर्न व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्नका लागि गरिने खर्च ।

गरिब तथा विपन्न वर्गका व्यक्तिको आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदान गरिने व्यवसायिक तथा सीपमूलक तालिम कार्यक्रममा हुने खर्च लाई संस्थागत सामाजिक उत्तरदायोत्व सम्बन्धि खर्चमा गणमा गर्न पाइनेछ ।

साथै वित्तीय साक्षरता तर्फ भने डिजिटल बैंकिङ, नगदरहित कारोबार, सीपमूलक तालिम संचालनका लागि खर्चिन सक्नेछन् । यसका साथै संयुक्त राष्ट्रसंघले तोकेको २०१६–२०३० का लक्ष्य हासिल गर्न सहयोग गर्न सक्नेगरि माद्गदर्शन निर्देशिका परिबर्तन गरिएको छ  ।

विश्वविध्यालय तथा कलेजमा अर्थशास्त्र, कानून र व्यवस्थापक संकायमा अध्ययनरन गरिव न्युन आय भएका परिवारका विध्यार्थीलाइ सम्बन्धित बिश्व बिध्यालय तथा कलेजले सिफारिस गरेको आधारमा स्नाकोत्तर,एमफिल अध्ययन अन्तर्गत  गरिने शोध,अनुसन्धान कार्यका लागि खर्च हुने रकमलाइ सामाजिक उत्तरदायित्व भित्र गणना गर्न सकिने भएको छ ।

केन्द्रिय बैंकका अनुसार बैंकहरुले खेलकुद, आवास, महिला तथा बालबालिकाका लागि पूर्वाधार निर्माणमा गर्न सक्ने तोकेको छ ।

अब बैंकले के गर्नै पर्ने ?

अब बैंकहरुले नाफाको १ प्रतिशत रकम सीएसआर कोषमा राख्नुपर्नेछ । जम्मा भएको रकममध्ये हरेक वर्ष कम्तीमा ६० प्रतिशत खर्च गर्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ । यसका साथै खर्चिने रकमको कम्तीमा १० प्रतिशत रकम प्रत्येक प्रदेशमा कम्तीमा १० वितरण गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त “क”, “ख”,“ग” र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यका लागि हरेक आर्थिक वर्षको खुद मुनाफाको नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतले हुन आउने रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले निर्णय गरी नेपाल राष्ट्र बैंकबाट तोकिएको प्रतिशतभन्दा बढी रकम उक्त कोषमा जम्मा गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यमा खर्च गर्न सक्नेछ ।

इजाजतपत्रप्राप्त संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषको परिचालन सम्बन्धमा वार्षिक कार्ययोजना तर्जुमा गरी अर्धवार्षिक अवधिमा गरिने क्रियाकलापको सूची सम्बन्धित अर्धवार्षिक अवधि शुरुहुनु भन्दा कम्तीमा १५ दिन अगाडि नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा जानकारी गराउनु पर्नेछ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नपर्ने क्षेत्र

जारी संस्थागत सामाजिक उत्तरदायोत्व सम्बन्धि मार्ग दर्शन अनुसार  संस्थाको ब्राण्ड प्रवर्द्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियानलाई संस्थागत सामाजिक उत्तरदायोत्व भित्र गणना गर्न पाइने छैन । त्यसैगरि  विभिन्न कार्यक्रमको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, याली तथा विज्ञापन जस्ता कार्यमा गरिएको खर्च पनि सामाजिक उत्तदायित्व भित्र पर्ने छैन । साथै, आफ्नो स्वार्थ जोडिएका प्रभाव समूहका व्यक्ति वा आफूसँग सम्बद्ध व्यक्तिलाई परोपकारका नाममा उपहार वा चन्दा प्रदान गर्ने, फेस्ट वा कार्यक्रममा ब्राण्डिङ हुने उद्देश्यले प्रायोजन गर्ने गरी खर्च गरिने रकमलाई पनि गणना गर्न मिल् छैन  |

संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च, व्यापार विस्तारको शर्त राखी गरिएका खर्च , ठूला विकास आयोजनामा गरिने खर्च , बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा निजी आयोजनामा गरिने खर्च ,

 

NECO

Leave Your Comment

Related News