RE
Global College

सिटि होटलको हकप्रद शेयर बिक्रि खुल्ला

काठमाडौं । सिटि होटल लिमिटेडले २०८२ साउन २६ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.८० (१ : ०.८०) शेयरको अनुपातमा प्रति १ सयका दरले  १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला आज २०८२ भदौ २३ देखी २०८२ हसोज १२  गते बैंकिङ्ग समयसम्म  खुल्ला गरेको छ ।

हकप्रद शेयर खरिद गर्ने योग्य लगानीकर्ताले  प्रभु क्यापिटल लि., कमलादी, काठमाडौं,प्रभु बैंक लिमिटेड, इलाम शाखा, प्रभु बैंक लिमिटेड, जाउलाखेल शाखा,प्रभु बैंक लिमिटेड, वीरगंज शाखा,प्रभु बैंक लिमिटेड, पोखरा शाखा,प्रभु बैंक लिमिटेड, बुटवल शाखा,प्रभु बैंक लिमिटेड, सुर्खेत शाखा,प्रभु बैंक लिमिटेड, धनगढी शाखाबाट फर्म प्राप्त गर्न सक्नेछन् ।

सो हकप्रद शेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा (ASBA) सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरुबाट सि-आस्वा (C-ASBA) प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्वा ( C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिने उल्लेख छ  ।

हकप्शेयरमा आवेदन दिने आवेदकले यी स?तानको साथै  अन्य माध्यम मार्फत दिन चाहने साविक शेयरधनीहरुले हकप्रद शेयरको बिक्री बन्द हुनु भन्दा अघिको २०८२ असोज ११ गते सम्म  प्रभु क्यापिटल लिमिटेडको नाममा खिचिएको एकाउण्टपेयी ड्राफ्ट साथ हकप्रद शेयर खरीदका लागि दरखास्त फाराम सिधै हुलाक वा कुरियरद्वारा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पठाउन सकिनेछ व्यवस?था गरेको छ  ।

 

NECO

Leave Your Comment

Related News