CLI
Global College

कर्मचारीले घुस मागे सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने

काठमाडौं । कर्मचारीले  घुस तथा रिसवत मागेमा अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ । “अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा ईमेल: [email protected], [email protected] र हटलाइन ( टोलफ्री ) नम्वर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने छ”, मन्त्रालयले सूचना जारी गर्दै भनेको छ ।

Leave Your Comment

Related News