RE
Global College

लाभांश प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा कात्तिक २ गते आम्रपाली बैङ्क्वेट, भाटभटेनीमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

NECO

Leave Your Comment

Related News