CLI

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य पुनः नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा मै थिए । बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

 

Leave Your Comment

Related News