CLI
Global College

जबजब बजार घट्छ तब मात्र किन नीतिगत सुधारको माग गरिन्छ ? मार्केट सधैं बढ्नै पर्छ भन्ने मानसिकता किन ?

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले आइतबार नेपाल धितोपत्र बोर्डमा अध्यक्ष समक्ष विभिन्न मागहरु पेश गरे । उनीहरुले बोर्ड समक्ष पेश गरेका माग भने नयाँ होईनन्   यद्दपि, यी मागहरु नयाँ भने होइनन् । जब शेयर बजार घट्छ तब उनीहरु बजार सुधारको नारा अलाप्दै निमामक निकायमा पुग्ने गरेको दृष्टान्त हो यो  ।  जब नयाँ सरकार गठन हुन्छ, लगानीकर्ताहरुले यी मागहरु सम्बोधन होस् भनेर नियामक र सरकारलाई अनुरोध गर्ने गरेका छन् ।

तर, अहिले सामाजिक सञ्चालमा भने यस्ता मागहरु प्राय बजार घटेको बेला मात्र किन उठाइन्छ भनेर चर्चा चलेको छ । त्यसो त, विगतका केही घटनालाई हेर्ने हो भने लगानीकर्ताहरुले जब सेयर बजार घटेको हुन्छ तब मात्र बजार सुधारको माग राखेर आन्दोलन गर्ने गरेका छन् । त्यसैले पनि अहिले यसबारे चर्चा चलेको हो ।

केही लगानीकर्ताहरुमा भने बजार घट्नु नै हुँदैन भन्ने जस्ता मानसिकता देखिएको कारण यस्तो गतिविधि बढेको सेयर बजारका जानकारहरु नै बताउँछन् । तर, कसैले बजार बढ्नै पर्छ भनेर यस्ता कार्य गर्दैमा बजार बढ्ने त पक्कै होइन तर, मार्केटमा लगानीकर्ता माझ एक किसिमको त्रास भने पैदा हुने जानकारहरुको भनाई छ ।

लगानीकर्ता तथा सेयर बजारका जानकार नवराज दाहालले केही लगानीकर्तालाई बजार घट्नु हुँदैन भन्ने मानसिकता रहेको बताउँछन् । उनले त्यो कुरा पुष्टि भइसकेको पनि बताए । ‘लगानीकर्ताहरुले राखेका केही मागहरु सकारात्मक पनि छन् । तर, सबै ठीक छैनन्, उनले भने, ‘पछिल्लो समय केही लगानीकर्ताहरुलाई राष्ट्र बैंकले २५ करोडको क्याप हटाएपछि बजार एकदमै माथि जान्छ भन्ने थियो । त्यसपछि हामी नाफा बुक गर्छै भन्ने थियो । तर त्यसमा धक्का लाग्यो, बजार बढेन । क्याप हटेर पनि बजार बढेन ।’

‘उनीहरुलाई त्यसपछि केही गरिएन भने फेरि असर पर्छ भन्ने भयो । त्यसैले फेरि मागहरु अगाडि सारिएका छन् । तर, उठाइएका कतिपय मागहरु ठीक छन्,’ उनले भने, ‘अहिले सेबोन र नेप्से प्यारालाइसिस जस्तै भएको छ । न यता चल्छ न उता चल्छ । त्यो अवस्थामा लगानीकर्ताहरुले झकझकाउनु पर्ने हुन्छ । तर, झकझकाउन पनि आजसम्म पनि कुर्नु पर्ने थियो त ?”

उनले अहिलेका मागहरु नयाँ नभएकाले लगानीकर्ताहरु त्रसित हुनु पर्ने अवस्था नरहेको बताउँछन् । ‘नियामकलाई झकझकाउनु राम्रो हो । तर, त्यसलाई स्वार्थको लागि आफूलाई अफ्ठ्यारो पर्यो भने हेरेर बस्नु हुँदैन भन्नु मेरो कुरा,’ उनले भने ।

लगानीकर्ताहरुले आइपीओ र हकप्रद स्वीकृति दिने काम कार्ययोजना अनुसारको काम नभएसम्म र दोस्रो बजारमा माग सिर्जना नभएसम्मका रोक्ने, संस्थापक सेयर साधारणमा परिवर्तन आजै रोक्ने, एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कार्यविधि आजै लागू गर्ने, सूचीकृत लगानी कम्पनीहरुलाई दोस्रो बजारमा लगानी गर्न आजै स्वीकृति दिने, असोज मसान्तमा आउने मार्जिन कल र ब्याज भुक्तानीलाई ३० दिन पछि सार्ने, ब्रोकरबाट मार्जिन कारोबारका लागि आजै स्वीकृति दिने मागहरु राखेका छन् ।

त्यस्तै, बैंकबाट प्रवाह गरिने सेयर धितो कर्जाका लागि बैंकलाई प्राथमिक पूँजीको ४० प्रतिशत नभएर जम्मा कर्जा रकमको १० प्रतिशत सिमा कायम गर्नुपर्ने लगायतका मागहरु छन् । यी मागहरु तत्कालै लागू हुनुपर्ने लगानीकर्ताहरुको भनाई छ । यता, नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको सुझाव कार्यान्वयन कार्य योजना बनाएको छ । बोर्डले केही समयमा लगानीकर्ताका मागहरु सम्बोधन हुने जनाएको छ ।

के बजार सधै पढ्न सक्छ ?

सेयर बजार सधैँ बढ्छ भन्ने धारणा गलत रहेको अर्थविशेषज्ञहरुले बताएका छन् । उनीहरुको भनाइ अनुसार बजारमा समय–समयमा उतारचढाव आउँछ । यसमा आर्थिक अवस्था, ब्याजदर, राजनीतिक स्थिरता र लगानीकर्ताको मनोविज्ञानले ठूलो भूमिका खेल्छ ।

विशेषज्ञहरुका अनुसार लामो अवधिमा बजार सामान्यतः वृद्धि गर्ने देखिए पनि छोटो अवधिमा बजार घट्ने सम्भावना बराबर हुन्छ । विश्व बजारको तथ्यांक हेर्दा, जस्तै अमेरिकी एसएन्ड पी ५०० सूचकांकले औसतमा वार्षिक करिब १० प्रतिशत नाफा दिएको भए पनि बीचबीचमा ठूलो गिरावटको सामना गरेको इतिहास छ ।

बजार घट्ने प्रमुख कारणमा आर्थिक मन्दी, ब्याजदर वृद्धि, राजनीतिक अस्थिरता, वित्तीय संकट, युद्ध र प्राकृतिक विपत्ति पर्छन् । यस्ता कारणहरुले लगानीकर्ताको विश्वास कमजोर पार्ने र बजारमा बिक्री दबाब बढाउने गर्छ ।

तर दीर्घकालीन रुपमा जब अर्थतन्त्र स्थिर रहन्छ र कम्पनीहरुले नाफा कमाइरहन्छन् तब बजार पुनः वृद्धि हुने प्रवृत्ति देखिन्छ । अर्थविशेषज्ञहरुको भनाइमा, ““सेयर बजार सधैँ उकालो लाग्दैन, तर धैर्य राख्ने लगानीकर्ताले समयसँगै राम्रो प्रतिफल पाउँछन् ।”

नेपालको शेयर बजार  किन बजार उतारचढावमा  ?

अहिले सेयर बजार बढ्न नसक्नुको मुख्य कारण भनेको लगानीकर्ताहरुको मनोबल उच्च नहुनु नै मुख्य हो । सरकारको नीतिगत अस्थिरता र राष्ट्र बैंकको कसिलो नीतिका कारण बजारमा सुधार नदेखिएको हो ।

यद्दपि, पछिल्लो समय राष्ट्र बैंकले सेयर बजार मैत्री नीति अपनाएको छ । केन्द्रीय बैंकले हालसालै २५ करोडको क्याप हटाएको छ । त्यस्तै, बैंकहरुले गर्ने लगानी सम्बन्धी नीतिहरु पनि परिमार्जन गरेको छ । बैंकको बेस रेट घटेर निकै न्यून विन्दुमा झरेको छ । लरलता फालाफाल छ । यस्तो हुँदा पनि बजारमा भने चार्म देखिएको छैन । यसले लगानीकर्ताको मनोबल घटेको संकेत गर्छ ।

त्यसमाथि, संस्थागत लगानीकर्ताहरुको आकर्षण अहिले बजार तिर छैन । रिटेल इन्भेष्टरले मात्र बजार बढाउने सक्ने अवस्था छैन । ठूलो फन्ड भएका सस्थागत लगानीकर्ता बजारमा प्रवेश गर्न चाहेका छैनन् । जसले गर्दा बजारमा माग श्रृजना भएको छैन ।

र, यता छिटो समयमा नाफा बुक गर्ने प्रवृति पनि हावी छ । सीमित नाफा हुने वित्तिकै सेयर बिक्री गर्ने ट्रेडर सकृय छन् । त्यसैले पनि मार्केट नबढेको जानकारहरु बताउँछन् ।

ब्रोकरहरुसँगको उधारो कारोबार र लगानीकर्ताको बजारमा कम सहभागिता जस्ता कारणले पनि बजार नबढेको हुन सक्छ । त्यसो त, डिम्याट खाता खोल्नेको संख्या ७१ लाख छ । तर, उक्त खाता भएका सबै दोस्रो बजारमा भित्रिएका छैनन् ।

त्यसमध्ये धेरैले आइपीओ मात्र भर्छन् । केही २ वा सो भन्दा धेरै डिम्याट खाता छ । तर, बजारमा सहभागिता जनाउने सकृय लगानीकर्ताहरु भने कम छन् । यस्ता धेरै कारणहरुले पनि सेयर बजार नबढेको हो ।

तर, लगानीकर्ताहरुले सेयर बजार घटेको बेला विभिन्न माग राख्दैमा बजार बढ्दैन । यति माग  सम्बोधन भएछ भनेपनि बजार बढ्ने ग्येन्टी छैन । राष्ट्र बैंकले २५ करोडको क्याट हटायो, बैकको ब्याजदर कम छ, लरलता फालाफाल । तरपनि बजार बढेको छैन । यी कुरालाई पनि कुनै समय लगानीकर्ताहरुको माग थियो । अहिलै सबै सम्बोधन  भयो तर बजारमा सुधार आएन ।

यस्तो अवस्थामा केही समूहले भने बजारमा थप त्रास फैलाएर सस्तोमा सेयर उठाउने मौका पैदा हुने जानकारहरु बताउँछन् । त्यसैले लगानीकर्ताहरुले भने आफूले अध्ययन गरेर मात्र सेयर बजारमा कारोबार गर्नु पर्छ ।  सेयर बजारमा उतारचढाव आउँछ । बजारको स्वभाव नै यस्तै हो । आज मार्केट घटेको छ भने भोलिका दिन बढ्छ । बजार लगातार बढ्ने वा लगातार घट्ने भन्ने हुँदैन ।

Leave Your Comment

Related News