CLI
Global College

क्षति न्युनिकरणमा शिखरको साथ, दियो ४२ करोड दाबी भुक्तानी

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा क्षति भएको सम्पत्तिको बीमा दावी भुक्तानीमा  शिखर इन्स्योरेन्सले अग्रणी भुमिका निर्जाह गरेको छ  ।  क्षेति भएको  १७ कार्यदिन असोज  २७ गतेसम्म शिखर इन्स्योरेन्सले २१८ दावी बापत ४२ करोड १० लाख ७४ हजार रुपैयाँ भुक्तानी दिएको जानकारी दिएको छ।

जेनजी प्रदर्शनका क्रममा आगलागी, तोडफोड तथा लुटपाटको घटनाका कारण २३ अर्ब २२ करोड रुपैयाँको दाबी भुक्तानी परेको छ। जेनजी प्रदर्शनका क्रममा शिखर इन्स्योरेन्स कम्पनीमा ४३३ बीमा लेख बापत २ अर्ब ४१ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको बीमा दावी परेको छ।

जसमध्ये ४२ बीमा लेख बापतको १ करोड ९२ लाख ७० हजार रुपैयाँ बराबरको बीमा दावी सम्बन्धी फाइलको सम्पूर्ण भुक्तानी प्रदान गरी कम्पनीले बन्द पनि गरिसकेको छ।

कम्पनीले १६ वटा निजी सवारी साधनको बीमा बापत १ करोड ५० लाख ८९ हजार रुपैयाँ, ५ वटा व्यवसायी सवारी साधनको बीमा बापत ३८ लाख रुपैयाँ, ४ वटा मोटरसाइकलको बीमा बापत १ लाख ६६ हजार रुपैयाँ, १२ वटा सम्पत्ति इन्स्योरेन्स बापत १ लाख ७६ हजार रुपैयाँ र ५ वटा इन्जिनियरिङ बीमा बापत ३६ हजार रुपैयाँ बीमा दावी दिएर फाइल बन्द गरिसकेको छ।

यस्तै कम्पनीले १७६ बीमा लेखको एडभान्स बापत ४० करोड १८ लाख ४ हजार रुपैयाँ भुक्तानी दिएको छ। कम्पनीले ४५ वटा निजी सवारी साधनको बीमा बापत ३ करोड ६३ लाख ९६ हजार रुपैयाँ, ६२ वटा व्यवसायी सवारी साधनको बीमा बापत ४ करोड ९९ लाख ७३ हजार रुपैयाँ, २० वटा मोटरसाइकलको बीमा बापत १३ लाख ५ हजार रुपैयाँ, ३१ वटा सम्पत्ति इन्स्योरेन्स बापत २८ करोड १९ लाख १० हजार रुपैयाँ र १८ वटा इन्जिनियरिङ बीमा बापत ३ करोड २२ लाख २० हजार रुपैयाँ बरारबको बीमा दावीको एडभान्स दिएको छ।

बीमा शुल्क आर्जनका आधारमा शिखर इन्स्योरेन्स नेपालको अग्रिम कम्पनी रहेको छ। बीमा क्षेत्रको अग्रिम कम्पनीको नाताले बीमा दावी भुक्तानीमा पनि अग्रिम हुनु कम्पनीको दायित्व भएको शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे बताउँछन्। ‘आपत विपतको समयमा राहत मिल्छ भनेर बीमा गर्ने हो’, पाण्डेले भने, ‘सम्पत्तिमा क्षति हुँदा तुरुन्त दाबी भुक्तानी नदिँदा उपभोक्तालाई समस्या पर्न सक्छ।’ त्यसैले दाबी भुक्तानीलाई प्राथमिकताका साथ शिखर इन्स्योरेन्सले फर्स्याैट  गरिरहेको पाण्डेले बताए  ।

शिखर इन्स्योरेन्सले बिगतमा पनि बाडी पहिरो देखी जुनसुकै दावी भुक्तानीमा अग्रणि भुमिका निर्वाह गरेको छ । यो सँगै शिखर इन्स्योरेन्स मार्टेट लिडरको रुपमा स्थापित हुँदै गएको छ ।यसले बीमा प्रतिको आम नागरिकको बिस्वास जित्दै गएको छ भने बीमाको दायरा बढाउन पनि सहयोग सिद्द हुनेछ ।

Leave Your Comment

Related News