RE
Global College

एनआईसी एशियाको सीईओमा सुजितकुमार शाक्य

काठमाडौं । एनईसी एशिया बैंकको प्रमूख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य  नियुक्त  भएका छन् ।

कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शाक्य चार वर्षको लागि नियुक्त भएका हुन् ।  शाक्यले आगामी ३० दिन भित्र बैंकमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।

अहिले नबिल बैंकको सिनियर डिसिओ रहेका शाक्यले यसअघि कामु सीईओको जिम्मेवारी समेत निर्वाह गरी सकेका छन् ।

बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभवी शाक्यले यसअघि ग्लोबल आइएमई बैंकमा महत्वपूर्ण व्यवस्थापन भूमिका सम्हालेका थिए। ग्लोबलमा जाने अघि उनी जनता बैंकमा कार्यरत थिए भने जनता बैंक ग्लोबल आइएमईसँग गाभिएपछि पनि केही समय उनले निरन्तरता दिएका थिए। यसभन्दा अघि शाक्य सिभिल बैंकमा समेत काम गरिसकेका छन्।

NECO

Leave Your Comment

Related News