CLI
Global College

वाणिज्य बैंकहरुले कर्मचारीलाई छुट्याएको बोनस रकम घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात, भदौसम्म वाणिज्य बैंकहरुले कर्मचारीलाई बोनस बापत (प्रोभिजन फर स्टाफ बोनस) २ अर्ब ४६ करोड रुपैयाँ छुटाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५.३५ प्रतिशत कम हो । गत वर्षको भदौमा बैंकहरुले २ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम कर्मचारी बोनस बापत छुट्याएका थिए ।

२ महिनामा सबैभन्दा धेरै बोनस दिनेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको छ । यस बैंकले कर्मचारीहरुका लागि २५ करोड ८४ लाख रुपैयाँ बोनस छुटाएको छ । गत आवको भदौमा यो बैंकले २४ करोड ८५ लाख रुपैयाँ बोनस छुट्याएको थियो ।

यता, नबिल बैंकले २१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २० करोड ४५ लाख, कुमारी बैंकले १९ करोड १६ लाख, लक्ष्मी सनराइजले १५ करोड ४६ लाख, प्राइमले १६ करोड ६२ लाख, एनएनबिले १६ करोड ३६ लाख रुपैयाँ बराबरको रकम कर्मचारी बोनसमा छुट्याएका छन् ।

त्यसैगरी, नेपाल बैंकले ६ करोड ६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ६ करोड ६६ लाख, स्टान्डर्ड चार्टर्डले ८ करोड ४४ लाख, हिमालयन बैंकले ६ करोड ३५ लाख, नेपाल एसबीआईले ५ करोड ६२ लाख, एनआइसी एसियाले ७ करोड ८६ लाख, माछापुच्छ्रे बैंकले ७ करोड ६५ लाख, कृषि विकास बैंकले ४ करोड २९ लाख, सिटिजन्सले ८ करोड ९६ लाख, प्रभुले १० करोड १२ लाख र सानिमा बैंकले आफ्ना कर्मचारीहरुका लागि बोनस बापत ११ करोड ४५ लाख रकम छुट्याएको छ ।

२० बैंकहरुमध्ये ९ वटाको कर्मचारी बोनस गत वर्षको भन्दा कम छ । बैंक तथा वित्तीय संस्थाहरुले बोनस ऐनअनुसार कुल नाफा (कर तिर्नुअघि) को बाट कर्मचारीहरुलाई बोनस बापत १० प्रतिशत छुट्याउनु पर्ने व्यवस्था छ ।

Leave Your Comment

Related News