CLI

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको हो । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । बैंकले सूचना जारी गर्दै मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न भनेको छ ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

Leave Your Comment

Related News