CLI

नेप्सेमा २ कम्पनीको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमध्ये,  खानी खोला हाइड्रोपावर ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो ।

साथै, कामना सेवा विकास बैंकको ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News