CLI
Global College

प्रधानमन्त्रीको सहभागितामा आज आर्थिक सुधार, लगानी अभिवृद्धि भूमिकाबारे संवाद हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवाद राखेको छ।

महासंघ अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र उकास्ने उद्देश्यले यो संवाद राखिएको बताएका छन्।

संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने महासंघले जनाएको छ।

संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए।

अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख छ।

Leave Your Comment

Related News