काठमाडौं । मेटलाइफ नेपाल इन्स्योरेन्सले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग गरेको छ ।
मेटलाइफले कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उक्त रकम सहयोग उपलब्ध गराएको हो ।
बिहीबार मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले अर्थ मन्त्रालय पुगेर उक्त सहयोग रकम अर्थमन्त्री रामेश्वर खनाललाई प्रदान गरेका हुन् ।
कोषमा पुर्याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद दिए ।
मेटलाइफको आर्थिक सहयोग सँगै उक्त कोषमा बिहीबारसम्म १२ करोड ३३ लाख ६५ हजार जम्मा भएको छ ।


