RE
Global College

१९ बैंकको बढ्यो सेयर धितो कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको तुलनामा ४५.७६ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ३३ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको थियो । यस वर्ष उक्त कर्जा प्रवाह ३९ अर्ब ५० करोड रुपैयाँले बढेको छ । २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले सेयर कर्जा प्रवाह गरेको छ । बैंकले १५ अर्ब ८३ करोड ३० लाख  रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा २९.०८ प्रतिशत अर्थात ८९ करोड ७० लाख रुपैयाँले बढी हो ।

त्यस्तै दोस्रोमा, ग्लोबल आइएमई बैंकको उक्त कर्जा प्रवाह १९.४८ प्रतिशतले बढेको छ । मंसिरसम्म यो बैंकले १३ अर्ब ५२ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा २ अर्ब २० करोड ५० लाखले बढी हो । कुमारी बैंकले १० अर्ब २७ करोड ६० लाख, प्राइम कमर्सियलले ९ अर्ब ४२ करोड ६० लाख, सिद्धार्थले ८ अर्ब ७९ करोड ६० लाख, लक्ष्मी सनराइजले ८ अर्ब ३० करोड ४० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ ।

यता, माछापुच्छ्रे बैंकको सेयर कर्जा ३०९.८८ प्रतिशत र कृषि विकास बैंकको २५७.१४ प्रतिशतले बढेको छ । माछापुच्छ्रे बैंक चालु आवमा ३ अर्ब ८९ करोड ८० लाख कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९५ करोड १० लाख कर्जा प्रवहा गरेको थियो।

कृषि विकास बैंकले  मंसिरसम्म ६ अर्ब ९२ करोड ५० लाख उक्त कर्जा प्रवाह गरेको छ । गत आवमा बैंकले १ अर्ब ९३ करोड ९० लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो ।

१९ वाणिज्य बैंकको सेयर धितो कर्जा बढेपनि नेपाल बैंकको उक्त कर्जा प्रवाह घटेको छ । बैंकले चालु आवमा ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा ९.४१ प्रतिशत अर्थात, ७४ करोड ४० लाखले कम हो । बैंकले गत आवमा ७ अर्ब ९१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो ।

NECO

Leave Your Comment

Related News