CLI
Global College

मञ्जुश्री फाइनान्सको नाफा १३ करोड ५३ लाख, प्रतिसेयर आम्दानी २० रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो।

खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा आएको सुधारले नाफा बढेको हो । यस अवधिसम्म आइपुग्दा फाइनान्सको खुद ब्याज आम्दानी १३.८१ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यता, खुद शुल्क तथा कमिशन आम्दानी भने सामान्य रूपमा घट्दै ५ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ ।

यता, फाइनान्सको रिटेन्ड अर्निङ २३ करोड ५६ लाख रुपैयाँमा झरेको छ। रिजर्भ ७८ करोड २० लाख रुपैयाँ पुगेको छ। कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) मा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा खराब कर्जा अनुपात ३.८६ प्रतिशतबाट घटेर ३.६४ प्रतिशतमा सीमित भएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । प्रति सेयर आम्दानी २० रुपैयाँ ३ पैसा पुगेको छ। त्यस्तै, प्रति सेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ ।

Leave Your Comment

Related News