RE
Global College

प्रभु बैंकका १४ शाखा कार्यालय समायोजना

काठमाडौं । प्रभु बैंक लिमिटेडले उपत्यकासहित विभिन्न जिल्लाका १४ वटा शाखा बन्द भएका छन् । बैंकका अनुसार काठमाडौं उपत्यकाका ९ सहित मोरङ, कास्की र चितवनका शाखा समायोजन गरीएको हो ।

बैंकले ललितपुरका २, काठमाडौंका ७, मोरङको १, कास्कीका ३ तथा चितवनका १ शाखा समायोजन भएको छ । मोरङ जिल्लामा गोल्छाचोकस्थित शाखालाई तिनपैनी शाखामा मर्ज गरिनेछ। कास्कीमा अर्घौचोकस्थित शाखा तालचोकमा रहेको शाखामा, हरिचोकस्थित शाखा बगर शाखामा तथा नयाँगाउँस्थित शाखा अमरसिंह चोक शाखामा समायोजन गरीएको हो ।

यस्तै, चितवनको बेलचोकस्थित शाखा लायन्स चोक शाखामा मर्ज गरिएकोछ । ललितपुरमा पाटनस्थित शाखा मंगलबजार शाखामा तथा सातदोबाटोस्थित एक शाखा सोही क्षेत्रको अर्को शाखामा समायोजन गरीएको हो । काठमाडौं जिल्लामा बौद्धस्थित शाखा बौद्धकै अर्को शाखामा, बागदरबारस्थित शाखा खिचापोखरी शाखामा, नरेफाँटस्थित शाखा कोटेश्वर शाखामा, सिनामंगल एयरपोर्टस्थित शाखा सिनामंगलकै अर्को शाखामा, मित्रपार्कस्थित शाखा चावहिल शाखामा, टेकुस्थित शाखा कालिमाटी शाखामा तथा पुतलीसडकस्थित शाखा कमलादी शाखामा मर्ज गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले सेवा प्रभावकारिता अभिवृद्धि, लागत व्यवस्थापन तथा ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले शाखा समायोजन गरिएको जनाएको छ।

 

 

NECO

Leave Your Comment

Related News