CLI
Global College

इन्फिनिटी लघुवित्तले कमायो ६ करोड नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको ६ महीनाको अवधिमै ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

गत आवको ६ महीनाको अवधिसम्म भने कम्पनीले ९ करोड ४६ लाख रुपैयाँ खुद घाटा बेहोरेको थियो। घाटामा रहेको कम्पनीले आन्तरिक तथा बाह्य समस्या र चुनौतीहरूको विश्लेषण गरी कारोबार विस्तारमा सतर्कता अपनाउँदै समाधानका रणनीतिहरू तर्जुमा गरी घाटालाई क्रमशः घटाउँदै नाफा कमाउन सफल भएको हो।

आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि आएकाले पनि कम्पनीलाई नाफा बढाउन मद्दत पुगेको हो। गत आवको पुस मसान्तसम्म १२ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिसम्म यस्तो आम्दानी बढेर २१ करोड २० लाख रुपैयाँ पुगेको छ।

कम्पनीले लगानी विस्तार गर्ने क्रममा निक्षेप संकलन गत असार मसान्तको तुलनामा १ अर्ब ३९ करोड १० लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ५ अर्ब ६२ करोड ९२ लाख रुपैयाँबाट वृद्धि गरी ५ अर्ब ७३ करोड २३ लाख रुपैयाँ पुर्याएको छ।

यता कम्पनीको निष्क्रिय कर्जा भने चुलिंदै गएको छ। गत आवको पुस मसान्तसम्म ९.८५ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको पुस मसान्तसम्म बढेर १७.८५ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २४.०७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३६.८८ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा २० करोड ६४ लाख रुपैयाँ सञ्चित छ भने जगेडामा २ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल सम्पत्तिको मूल्य ६ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

Leave Your Comment

Related News