RE
Global College

भेगीगांगामा अपांगता भएका व्यक्तिहरूलाई एनएमबि बैंकको सहयोगमा सहायता सामाग्री वितरण

काठमाडौं ।  एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ ।

सामाजिक विकास मन्त्रालय को आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना साझेदारी कार्यक्रम” अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको हो।

कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख  यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय  घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नगर उपप्रमुख  अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर  रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक  सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग प्रदान गरेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

NECO

Leave Your Comment

Related News