RE
Global College

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हालेकामा बधाई ज्ञापन गरेका छन्।

शुक्रबार पठाइएको बधाई सन्देशमा मन्त्री वाङले नेपाल र चीन परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताएका छन्।

उनले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर सुदृढ हुँदै आएको पनि बताएका छन्।

सन्देशमा चीनले दुवै देशबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न र विकास तथा समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्याउन मन्त्री खनालसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरिएको छ।

NECO

Leave Your Comment

Related News