CLI

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, ४ जनाको राजीनामा स्वीकृति, २ जना नयाँ सञ्चालक नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति पुनर्गठन गरिएको छ । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकहरुको राजीनामा स्वीकृत गरेको छ भने २ जना नयाँ सञ्चालकलाई नियुक्त गरेको छ ।

समितिले अमित मोर (सेयरधनी समूह ‘क’ का प्रतिनिधि), राजीव मोर (सेयरधनी समूह ‘ख’ का प्रतिनिधि), शुभेच्छा खरेल (सेयरधनी समूह ‘ख’ का प्रतिनिधि) र शुभाष कुमार झुनझुनवाला (स्वतन्त्र सञ्चालक) ले दिएको राजीनामा स्वीकृत गरिएको हो।

राजीनामापछि रिक्त रहेको पदमा कम्पनीले नयाँ सञ्चालक नियुक्त गरेको छ। यसअन्तर्गत दिपक कुमार मिश्र (सेयरधनी समूह ‘क’ अन्तर्गत, कालिका फिनकर्प प्रा.लि. का प्रतिनिधि) र आशिष चन्द्र न्यौपाने (स्वतन्त्र सञ्चालक) लाई सञ्चालकमा नियुक्त गरिएको छ।

Leave Your Comment

Related News