काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणीलाई ऋण चुक्ता गर्न १५ दिनकाो समय सीमा दिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिनको समय सिमा राखि सूचना जारी गरेको हो ।
आजै बसेको मन्त्री परिषद्को बैठकले समस्याग्रस्त सहकारी ब्यबस्थापन समितिको अध्यक्ष सहित समितिको समितिलाई पूर्णता दिएको छ । कार्यालयको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य तथा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको थियो ।
सुचनामा उल्लेख भएअनुसार ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्का देखि धितो लिलाम गर्ने मन्त्रालयद्वारा जारी सुचनामा उल्लेख छ ।
जारी सूचनामा भनिएको छ,’नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलेबुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौँमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ।’
साथै १५ दिन भित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्नुका साथै सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गर्ने सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘उल्लेखित मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनुका साथै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिंदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्णरकम असुल उपर गरिने छ।’
सरकारले समस्याग्रस्त घोषित गरि ऋणअसुली को लागि प्राथमिकातामा राखेका सहकारीमा स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,प्यासिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट को-अपरेटिभ लिमिटेड, सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड,प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुनिमा बहुउद्देश्यीय सहकारी संस्था लि, ओरिएन्टल को-अपरेटिभ लिमिटेड, कुम्भेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनूर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड , श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड,पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्त संस्था लि., श्री आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा समायोजित संस्थाहरू, देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.,नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लि., आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लि., तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.,हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि. रहेका छन्


