CLI

तीन खर्ब १४ अर्बले नाघ्यो निष्क्रिय कर्जा, वाणिज्य बैंकको मात्रै करिब ३ खर्ब पुग्दा विकास बैंक र फाइनान्सकको कति ?

काठमाडौं । पछिल्लो समय निक्षेप संकलन बढ्दा कर्जा प्रवाह बढ्न सकेको छैन । तर कर्जा प्रवाह बढ्न नसक्दा पनि खराब कर्जा (एनपीएल) भने बढेको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले चालू आर्थिक वर्षको फागुनसम्म ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख निक्षेप संकलन गरी ५८ खर्ब ४ अर्ब ४० करोड ७० लाख कर्जा प्रवाह गरेको छ । उक्त कर्जा प्रवाह मध्ये खराब कर्जा ५.४२ प्रतिशत अर्थात् ३ खर्ब १४ ५९ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सोही अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सलले कुल ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख कर्जा प्रवाह गरेको थियो । उक्त कर्जा प्रवाह मध्ये ४.९२ प्रतिशत खराब कर्जा रहेको थियो ।

वाणिज्य बैंकहरूले मात्र चालु आवको फागुनसम्म कुल ७० खर्ब १६ अर्ब २३ करोड ७० लाख निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा प्रवाहमध्ये वाणिज्य बैंकको खराब कर्जा ५.२६ अर्थात् २ खर्ब ७१ अर्ब ४९ करोड रहेको छ ।गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब छ करोड कर्जा प्रवाह गरेका थिए । जसमध्ये ४.७३ प्रतिशत खराब कर्जा रहेको थियो ।

त्यस्तै विकास बैंकहरुले चालू आवको फागुन मसान्तसम्म कुल ६ खर्ब २९ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५ खर्ब ३८ अर्ब ६७ करोड १० लाख कर्जा प्रवाह गरेको छ । उक्त प्रवाह गरेको कर्जामध्ये खराब कर्जा ५.७५ प्रतिशत अर्थात् ३२ अर्ब ६९ करोड खराब कर्जा देखिएको छ ।
गत आवको सोही अवधिमा विकास बैंकहरूले ६ खर्ब २ अर्ब ५ करोड २० लाख निक्षेप संकलन गरी ५ खर्ब १४ अर्ब २६ करोड ९० लाख कर्जा प्रवाह गरेको थियो भने खराब कर्जा ५.११ प्रतिशत रहेको थियो ।

फाइनान्स कम्पनीहरूले भने चालू आवको फागुन मसान्तसम्ममा १ खर्ब ३७ अर्ब १५ करोड ४० लाख निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ३० करोड ४० लाख कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाहमध्ये खराब कर्जा ११.८६ प्रतिशत अर्थात् १२ अर्ब ३७ करोड रहेको छ ।

गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले १ खर्ब २६ अर्ब ५० लाख निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६४ करोड ३० लाख कर्जा प्रवाह गर्दा १२.८५ प्रतिशत खराब कर्जा रहेको थियो ।

सरकारले लगानीलाई सही ठाउँमा सदुपयोग गर्न नसक्दा खराब कर्जा बढेको जानकारहरु बताउछन् । व्यक्ति, संघ संस्थाहरुले कर्जा लिएका छन् तर त्यसलाई उत्पादनशील क्षेत्रमा परिणत गर्न नसक्दा खराब कर्जा बढेको जानकार बताउछन् । धेरैजसो शेयर बजार, घरजग्गा, सवारी साधन लगायतका अनुउत्पादक क्षेत्रमा लगानी गर्दा समस्या देखिएको उनीहरुको भनाई छ । कृषि उत्पादन, औद्योगिक उत्पादन लगायतका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्नेमा बैंक तथा वित्तीय संस्था उल्टो बाटोमा हिड्दा समस्या भएको जानकारहरु बताउछन् ।

Leave Your Comment

Related News