काठमाडौं । भन्सार विभागले विदेशबाट आयात भइसकेपछि लेबल लगाएर माल बस्तु विक्रि वितरण गर्नेछु भन्ने स्वघोषणा गराई जाँचपास गर्न सकिने व्यवस्थाको लागि सहजिकरण गरिदिन आग्रह गरेको छ ।
विभागले बुधबार साँझ उद्योग वाणिज्य, आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आयात भइसकेपछि लेबल लगाएर माल बस्तु विक्रि वितरण गर्नेछु भन्ने स्वघोषणा गराई जाँचपास गर्न सकिने व्यवस्थाको लागि सहजिकरण गरिदिन आग्रह गरेको हो ।
विदेशबाट आयात भएका बस्तुमा भन्सार विन्दुमा आइपुग्दा अधिकतम खुदा मूल्य (एमआरपी) को स्टिकर टाँसेको हुनुपर्ने व्यवस्था लागू भएपछि मंगलबारदेखि जाँचपास ठप्प भएको थियो, सो सँगै भन्सार विभागले पहल थालेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत ३० गते सूचना प्रकाशन गरेर विदेशबाट आयात भई नेपालमा बिक्री बितरण गरिने सम्पूर्ण बस्तुहरुको पैठारीकर्ताले अनिवार्य रुपमा अधिकतम खुदा मूल्य उल्लेख गरेको हुनुपर्ने व्यवस्था गरेको थियो।
वाणिज्य विभागले १८ बुँदे कार्ययोजना भन्सार कार्यालयहरुमा पठाएर एमआरपी अनिवार्य गर्न भनेको छ। सोहीकारण देशभरका भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि व्यवसायीले सामान ल्याएका छैनन।



