CLI

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३३ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासम्म ३३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.६९ प्रतिशत धेरै हो । गत आवको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले ८ अर्ब ६१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको तेस्रो त्रैमाससम्म ७ अर्ब ५१ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ४८ करोड १९ लाख रुपैयाँबाट बढेर ११ अर्ब ५९ करोड ७० लाख रुपैयाँ नाघेको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ३० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५३ करोड ४० लाख रुपैयाँ रहको छ । प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२५.४९ रुपैयाँ रहेको छ।

Leave Your Comment

Related News