CLI

नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले  स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । कम्पनीले २५औ वार्षिकोत्सवको अवसरमा “Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा कार्यक्रम  आयोजना गर्न लागेको हो। यसमा सर्वसाधारणले सहभागीता जनाउन सक्नेछन्।

स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।

यस्तै, रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ । साथै सोही दिन  देश भरका सातै वोता प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।

कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।

Leave Your Comment

Related News