CLI

सुपर मादी हाइड्रोपावरको नाफा १७८ प्रतिशतले बढ्यो, विद्युत बिक्रीबाट हुने आम्दानी कति ?

काठमाडौं । सुपर मादी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले २४ करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १७८.३ प्रतिशतले बढी हो । कम्पनीको गत वर्ष ८ करोड ७७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसको विद्युत बिक्री बढेपछि नाफा बढेको हो । चैतसम्म कम्पनीले विद्युत बिक्रीबाट ९३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १९.८९ प्रतिशत अर्थात १५ करोड ५३ लाख ४६ हजार बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७८ करोड १० लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।

२ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी १०.५५ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १११.६५ रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News