काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट तर्फका कार्यकारीणि सदस्यको सदस्यको अन्तिम मत परिणाम आएको छ । निर्वाचनमा होमिएका ३३ जना उम्मेदवारमध्ये १७ जना विजयी भएका छन् ।
विजयी हुनेमा सचिन ढकाल १३१८ मत, हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत पाएका छन् ।
यस्तै रामशरण भण्डारी १०४३ मत, राजेश कुमार अग्रवाल १०८२ मत, सुयस प्याकुरेल १०६९ मत, बाबुकाजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९७४ मत, प्रियराज रेग्मी ९५४ मत, इश्वर बहादुर जि सी ९४९ मत, सुरज उप्रेती ९०७ मत र बटु लामिछानेले ८६० मत पाएर विजयी भएका छन् ।
प्यानलगत रुपमा पर्तिस्पर्धा गरेका उमेद्वारमा ज्योत्ससमा समुहबाट १ जना बटु लामिछाने निर्बाचिति भएका छन् भने १६ जना पुरै प्रबलजंग पाण्डे समुहबाट निर्बाचित भएका छन् । सचिन ढकाल दुबै समुहमा रहेका थिए ।


