काठमाडौं । नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको पदावधि थप भएको छ । वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्कासँगै सर्वसाधारण तर्फका सबिता श्रेष्ठ जोशी र सजल मास्केको कार्यकाल आगामी साधारण सभा नभएसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
यी सञ्चालकहरुको कार्यकाल आगामी जेठ २९ गतेसम्म रहेको अवस्थामा जेठ ३० गतेदेखि लागू हुने गरी यी सञ्चालकहरुको पदावधि थप गर्ने निर्णय भएको हो ।
सोही बैठकले हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम चन्द्र सिंह साउदलाईनै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय समेत गरेको छ ।


