काठमाडौं ।
नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिमा बाबु छोरा रहेका छन् । महासंघको ६०औं कार्यकारिणीसभाको निर्बाचनबाट एसोसिएट सदस्यमा सर्वाधिक १३१८ मत पाएर सचिन ढकाल विजयी भएसँगै यस्तो संयोग जुरेको हो ।
महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको छ । यो सँगै वर्तमान कार्यसमितिमा बुबा निवर्तमान अध्यक्ष चन्द्र ढकाल र छोरा सचिन ढकाल सँगै रहने भएका छन् । महासंघका लागि यो विरmै हुने संयोग हो । उद्योेग व्यवसायमा रमिरहेका युवापुस्ता महासंघको राजनीतिमा होमिएपछि यो संयोग जुरेको हो ।
बुढा चन्द्र ढकाल पदेन कार्यसमिति सदस्य र छोरा सचिन निर्वाचित सदस्य रहेका छन् । सचिन महासंघको यो कार्यसमितिको सबैभन्दा कम उमेरका निर्वाचित सदस्य हुन् ।


