काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ ।
बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको हो।
प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको बीमा शुल्कमा छुट तथा सहुलियत दिएको पाइएपछि २ लाख जरिवाना गरेको हो।
प्राधिकरणका अनुसार कम्पनीले निर्देशनविपरीत बीमाशुल्कमा डिस्काउन्ट दिएको थियो।
लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि ५ हजार जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।



