काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६७.७४ प्रतिशत कम हो । गत वर्षको चैतसम्म कम्पनीले ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी १ अर्ब १९ करोड ६९ लाख रुपैयाँबाट बढेर १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अन्य सञ्चालन आम्दानी भने ७२ करोड ५८ लाखबाट घटेर २ करोड ६५ लाख रुपैयाँमा झरेको छ । उक्त आम्दानी घट्दा नाफामा असर परेको हो । यता, इम्पेयरमेन्ट चार्ज भने ५३ करोड ८० लाख पुगेको छ ।
चुक्ता पुँजी २ अर्ब ७४ करोड २६ लाख रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ९७ करोड जम्मा छ । प्रतिसेयर आम्दानी २४.५३ रुपैयाँबाट घटेर ७.५४ रुपैयाँमा झरेको छ । एनपीएल १३.९५ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २१४.४३ रुपैयाँ छ ।


