काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा नाफा ९१.१५ प्रतिशतले घटेको छ।
कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीको विशेष कोषमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३३ करोड २७ लाख रुपैयाँ र अदर इक्विटीमा १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । यसको बिमा कोषमा ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ । ईपीएस घटेर १.९१ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ रहेको छ।



