CLI

बन्दीपुर केबलकारको नोक्सानी बढ्यो

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको घाटा  बढेको  छ। गत वर्ष कम्पनी १ करोड २४ लाख ९३ हजार १५४ रुपैयाँ घाटामा रहेको थियो। अहिले नोक्सानी बढेर १ करोड ६२ लाख ६२ हजार ३८७ रुपैयाँ पुगेको छ ।

सञ्चालन आम्दानी घटेको कारण कम्पनीको घाटा बढेको हो। चालु आर्थिक वर्षमा कम्पनीले १ करोड १६ लाख ११ हजार २८५ रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको तुलनामा  ४८.७० प्रतिशतले कम हो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी २ करोड २६ लाख ३७ हजार २३५ रुपैयाँ थियो ।

२ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको  जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी  ०.५७ रुपैयाँ ऋणात्मक छ ।  भने प्रतिसेयर नेटवर्थ ९१.९० रुपैयाँ रहेको छ।

Leave Your Comment

Related News