CLI
Global College

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो, आम्दानीमा उल्लेख्य वृद्धि

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा गत आर्थिक वर्षको तुलनामा ९९.८३ प्रतिशतले नाफा घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनीले ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ९९.८३ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जेनजी आन्दोलन र बाढी पहिरोका कारण ठूलो मात्रामा दाबी परेपछि नाफामा तीव्र दबाब उत्पन्न भएको हो ।त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.७० प्रतिशतले वृद्धि भएर ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। बीमा कोषमा भएको उल्लेखनीय वृद्धिले कम्पनीको व्यवसाय विस्तार तथा जोखिम वहन क्षमता बलियो बन्दै गएको देखिन्छ ।

त्यसैगरी कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको खुद बीमाशुल्क आर्जन ९२ करोड ९१ लाख रुपैयाँको तुलनामा १२.१४ प्रतिशतले बढी हो। बीमा व्यवसाय विस्तारसँगै कम्पनीको बजार पहुँच पनि क्रमशः विस्तार भइरहेको देखिएको छ। यस अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा २.९८ प्रतिशतले बढी हो। यद्यपि लगानी तथा कर्जाबाट हुने आम्दानी भने घटेर १४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै कम्पनीको अभिकर्तालाई दिइने कमिसन खर्च ८२.०७ प्रतिशतले बढेर ७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। कुल खर्च पनि वृद्धि भएर १ अर्ब ५७ करोड २७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ कायम रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.६७ रुपैयाँबाट घटेर ०.०२ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १८२.७२ रुपैयाँ कायम भएको छ।

Leave Your Comment

Related News