काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४७.१३ प्रतिशतले कम हो । गत वर्षको ९ महिनामा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले यसअवधिसम्म १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कमिसबाट हुने आम्दानी घटेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी पनि गिरावट छ । दाबी भुक्तानी सामान्य बढेको छ । त्यसैले गर्दा नाफामा गिरावट आएको हो ।
२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.७७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३३.६४ रुपैयाँ रहेको छ ।


