CLI

डिजिटल सेवा, क्लाउड सेवा, साइबार सुरक्षा र एआइ प्रतिस्पर्धालाई निर्यात गरिने : नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले आफनो नीति तथा कार्यक्रममार्फत् डिजिटल सेवा, क्लाउड सेवा, साइबार सुरक्षा र एआइ प्रतिस्पर्धालाई निर्यात गरिने बताइएको छ । सोमबार संसदको संयुक्त बैठकमा सो कुरा बताइएको हो ।

सरकारका अनुसार सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने छ । सफटेवयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबार सुरक्षा र एआइ प्रतिस्पर्धालाई निर्यात गरिने छ । डिजिटल पार्क , उच्च क्षमताको डाटा सेन्टर र सार्वभौमिक डिजिटल विकास गरी नेपाललाई टेक हबको रुपमा अघि बढाइने छ । सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सुहलियत , लगानी सहजीकरण , सरकारी लगानीमा अनुसन्धान तथा नवप्रर्वतनमा कर प्रोत्साहन गरिने बताइएको छ ।

Leave Your Comment

Related News