CLI

अफ्रिकामा २७ अर्ब डलर लगानी गर्ने फ्रान्सेली राष्ट्रपतिको घोषणा

नैरोबी । फ्रान्सका राष्ट्रपति इम्षनुअल म्याक्रोँले केन्यामा आयोजित ुअफ्रिका फर्वार्डु सम्मेलनका क्रममा अफ्रिकामा २३ अर्ब युरो अर्थात् करिब २७ अर्ब अमेरिकी डलर बराबरको लगानी घोषणा गरेका छन् ।

दुईदिने सम्मेलन सोमबार नैरोबीमा सुरु भएको हो । यो फ्रान्सले अंग्रेजीभाषी अफ्रिकी मुलुकमा आयोजना गरेको पहिलो ठुलो सम्मेलन मानिएको छ । कार्यक्रममा ३० भन्दा बढी अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख तथा नेताहरू सहभागी भएका छन् ।

म्याक्रोंले फ्रान्स र अफ्रिकाबिच ुसमान साझेदारीु रहेको भन्दै दुवै पक्षका साझा उद्देश्य ऊर्जा रूपान्तरण, कृषि र एअआईको क्षेत्रमा सहकार्य बढाउनु रहेको बताएका छन् ।

उनका अनुसार फ्रान्सेली कम्पनीहरूले निजी तथा सार्वजनिक कोषमार्फत १४ अर्ब युरो लगानी गर्नेछन् भने अफ्रिकी कम्पनीहरूले थप ९ अर्ब युरो लगानी गर्नेछन् । यी परियोजनाबाट फ्रान्स र अफ्रिकामा संयुक्त रूपमा करिब २ लाख ५० हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

हामी केवल अफ्रिकामा लगानी गर्न मात्र आएका होइनौँ, हामी उत्कृष्ट अफ्रिकी व्यवसायीहरूले फ्रान्समा पनि लगानी गरून भन्ने चाहन्छौँ,ु सम्मेलनमा सहभागी अफ्रिकी नेताहरूलाई सम्बोधन गर्दै म्याक्रोंले भने । उनले फ्रान्स–अफ्रिका सम्बन्ध अब पुराना मानसिक बोझबाट मुक्त भएको दाबी पनि गरे ।

विश्लेषकहरूले यस सम्मेलनलाई फ्रान्सले आफ्ना पूर्वउपनिवेशहरूसँग कमजोर बन्दै गएको सम्बन्धबिच अंग्रेजीभाषी अफ्रिकी देशहरूसँग सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरेका छन् ।

सम्मेलनमा अफ्रिकाका सबैभन्दा धनी व्यक्ति अलिको डाङ्गोटे पनि सहभागी थिए । यसमा फ्रन्सेली दूरसञ्चार कम्पनीहरु टोटल एनर्जीज र अरेन्जकाका उच्च अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए । यसैबिच फ्रन्सेली ढुवानी कम्पनी सीएमए सीजीएमले मोम्बासा बन्दरगाहस्थित टर्मिनल आधुनिकीकरणका लागि ७० करोड युरो लगानी गर्ने घोषणा गरेको छ ।

Leave Your Comment

Related News