काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ । यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८३८४ को सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।


