CLI

चिया निर्यातको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल गरियोस् : सुहाङ नेम्बाङ

काठमाडौं । एमाले सांसद सुहाङ नेम्बाङले चिया निर्यातको अवरोध हटाउन सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले १५ हजारभन्दा बढी किसानको जीवन चियासँग जोडिएको भन्दै भारतीय अवरोधका कारण चिया निर्यात गर्न नपाएको बताए ।

नेम्बाङले चिया खेतीको इतिहास सुनाउँदै १५ हजारभन्दा बढी किसानको जीवन चियासँग जोडिएको भन्दै भारतमा चिया निर्यात ठप्पजस्तै भएको छ । ‘भारतमा चिया निर्यात ठप्पजस्तै भएको छ । यो विषय समाधान गर्न भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस् ,’ उनले भने ।

Leave Your Comment

Related News