काठमाडौं । बैंक तथा वित्तीय संस्थावाट प्राप्त धितो बन्धकी रोक्का फुकुवा अनलाइन प्रणालीबाट हुने भएको छ ।
भूमि प्रशासन कार्यालय सिन्धुलीले बैंक तथा वित्तीय संस्थावाट प्राप्त धितो बन्धकी रोक्का फुकुवा अनलाइन प्रणालीबाट गर्न लागेको हो ।
कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सम्वद्ध सम्पूर्ण निकायलाई अनलाइन प्रणाली प्रयोग गर्न निर्देशन दिएको छ । नागरिकलाई राहत हुने भन्दै सम्वद्ध सम्पूर्ण निकायले अनलाइन प्रणालीमार्फत् बैंक तथा बित्तिय संस्थावाट प्राप्त धितो बन्धकी रोक्का फुकुवा गर्न निर्देशन दिएको हो ।
‘प्रस्तुत बिषयमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग भू- सूचना प्रविधि शाखाको च.नं. ३९७८ मिति २०८३ वैशाख १७ को प्राप्त पत्रानुसार नेपाल सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध लागू गर्न नागरिकलाई छिटो सहज रुपमा सेवा उपलब्ध गराउन तथा सम्पुर्ण सेवा प्रक्रियालाई मुहार विहिन समयवद्द र डिजिटल प्रणालीमा रुपान्तरण गर्ने लक्ष्य अनुरुप बैंक तथा बित्तिय संस्थावाट प्राप्त धितो बन्धकी रोक्का फुकुवा सम्वन्धी कार्य भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४) को अधिनमा रहि क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थावाट पेश हुने धितोबन्धकी रोक्का ‘फुकवा मिति २०८३ जेठ १ देखि अनिवार्य रुपमा अनलाइनवाट मात्र हुने व्यवस्था मिलाउन हुन भनि लेखि आएकोले उल्लेखित बैंक वित्तीय संस्था वाट हुने धितोबन्धकी, रोक्का फुकवा सम्वन्धी कार्य मिति २०८३ जेठ १ देखि अनलाइन प्रणालीवाट मात्र पेश गर्नु हुन सरोकारवाला सम्बन्धित सवैमा जानकारी गराइन्छ , ’ सूचनामा भनिएको छ ।



