CLI

बीमा प्राधिकरणको सञ्चालकमा भौतिक मन्त्रालयका सहसचिव सुशील ढकाल नियुक्त

काठमाडौं । बीमा प्राधिकरणको सञ्चालकमा सुशील बाबु ढकाल नियुक्त भएका छन् ।

उनी भैतिक पूर्वधार तथा यातायात मन्त्रालयका सह–सचिव इन्जिनियर हुन्।

हालै जारी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत अब देशका ठूला भौतिक पूर्वाधार आयोजनाको बीमा तोकिएबमोजिम अनिवार्य रूपमा गर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार सडक, पुल, जलविद्युत्, सिँचाइ तथा अन्य सार्वजनिक निर्माणका कार्य गर्दा आइपर्ने जोखिम न्यूनीकरणका लागि बिमा गराउनुपर्नेछ। यसअघि धेरैजसो सार्वजनिक सम्पत्तिको बीमा नहुँदा दैवी प्रकोप वा अन्य दुर्घटनाबाट हुने क्षतिमा राज्यले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था थियो।

नयाँ प्रावधानले राज्यकोषको सुरक्षा गर्नुका साथै निर्माण व्यवसायीलाई समेत जोखिमबाट बचाउने विश्वास गरिएको छ।

Leave Your Comment

Related News