CLI

लघुबिमा कम्पनीहरुको नाफामा ११ प्रतिशतको वृद्धि, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा जीवन र निर्जीवन लघु बिमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार लघु बिमा कम्पनीहरुको ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा ११.५३ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा लघु बिमाहरुले ५ करोड ५२ लाख रुपैयाँ कमाएका थिए ।

यता, यी कम्पनीहरुले  १ अर्ब २४ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । ४ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीहरुको जगेडा कोषमा ७ करोड ४६ लाख रुपैयाँ जम्मा रहेको छ ।

चुक्ता पुँजी र रिटेन्ड अर्निङ

जीवन र निर्जीवन लघु बिमाहरुको चुक्ता पुँजी समग्रमा ४ अर्ब ३५ करोड पुगेको छ । क्रेष्ट, गार्डियन र नेपाल माइक्रो पुँजी ७५ करोड रुपैयाँ बराबर रहेको छ । अरुको पुँजी ५२ करोड २५ लाख रुपैयाँ छ ।

यता, सबैभन्दा धेरै रिटेन्ड अर्निङ भने  क्रेष्ट माइक्रो छ  । कम्पनीको ४ करोड ५६ लाख रुपैयाँ सञ्चति छ । गार्डियन माइक्रो लाइफ  २ करोड ८६ लाख रुपैयाँ सञ्चित छ । समग्रमा बिमाहरुको रिटेन्ड अर्निङमा ७ करोड ४६ लाख रुपैयाँ जम्मा रहेको छ ।

बिमा शुल्क संकलन

लघु बिमा कम्पनीहरुले १ अर्ब २४ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । यो अघिल्लो वर्षको भन्दा १२४ प्रतिशत बढी हो । अघिल्लो वर्ष उक्त शुल्क संकलन ५५ करोड २९ लाख थियो । जसमध्ये सबैभन्दा धेरै गार्डियन लाइफले ३५ करोड ६० लाख, क्रेष्ट माइक्रोले ३२ करोड १२ लाख बिमा शुल्क संकलन गरेका छ ।

नाफा

जीवन र निर्जीवन लघु बिमाहरुले ६ करोड १६ लाख नाफा कमाएका छन् । यो अघिल्लो वर्षको भन्दा ११.५३ प्रतिशत बढी हो । गत वर्ष लघु बिमाहरुको नाफा ५ करोड ५२ लाख रुपैयाँ थियो । ७ मध्ये ३ लघु बिमाहरुको नाफा घटेको छ । गार्डियन माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ र ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा घटेको छ ।

सबै भन्द बढी नाफा नेपाल माइक्रो इन्स्योरेन्सले कमएको छ । यस कम्पनीले गत वर्ष ४ लाख ८१ हजार नाफा कमएको थियो भने चालु आवमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ  ।

Leave Your Comment

Related News