CLI

सन्दीप लामिछानेको नयाँ कीर्तिमान: सबैभन्दा कम खेलमा १५० ओडीआई विकेट पूरा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई ) क्रिकेटमा ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन्। उनले ओडीआई क्रिकेटको इतिहासमै सबैभन्दा छिटो (कम खेलमा) १५० विकेट पूरा गर्ने खेलाडीको नयाँ रेकर्ड आफ्नो नाममा लेखएका छन्।

सन्दीपले मात्र ७३ खेल खेल्दै १५० विकेट लीएका छन्  । यस क्रममा उनले अष्ट्रेलियाका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कको वर्षौं पुरानो कीर्तिमानलाई पछि पारेका छन्। स्टार्कले सन् २०१६ मा ७७ खेल खेल्दै यो सफलता हासिल गरेका थिए।

Leave Your Comment

Related News