काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भने कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ । पद तथा अधिकारको दुरुपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत-साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ।
कर्मचारीले कामको सिलसिलमा लोकतन्त्रका मूल्य मान्यता अबलम्बन र प्रवर्धन गर्ने गरि कान गर्नु पर्नेछ भने कुनैपनि निर्णय गर्दा विधिसम्मत, वस्तिनिष्ठ र तथ्यको आधारमा गर्नु पर्नेछ । विवाह व्रतवन्ध जस्ता सामाजिक काम गर्दा तडक भडक गर्न पाईने छैन आचारसंहिताम उल्लेख छ । सेवाग्राहीलाइ कार्यालय कामको सिलसिलामा कार्यालय भन्दा बाहिर भेटघाट गर्न पाइने छैन । आप्नो नाममा रहेको बेरुजु फर्स्योट समयमे गर्नु पर्नेछ
आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था समेत स्पष्ट गरेको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ।
कर्मचारीले संविधान र प्रचलित काणूनले तोकेको अबस्था बाहेक पदीय दायित्व र हैसियतले प्राफत गरेको आफु कार्यरत निकायको काम कार्वाही सम्वन्धि सुचना तथा जानकारी सञ्चार माध्यम तथा सामाजिक सञ्चालमा संप्रेशन गर्नु हुँदैन आचार संहितामा भनिएको छ ।
आचारसंहिता लागु गराउन सरकारले सम्वन्धित कर्मचारीसँग लिखित सझौता गर्ने छ । यो आचारसंहिता मन्त्री स्तरिय णिर्णय गर्दै बैसाख ३१ गतेबाट लागु गरिएको मन्त्रालयले जनाएको छ ।



