काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अम्रेश कुमार सिंहले २० वर्षको कार्यकालमा सांसदमा पहिलो पकट अर्थमन्त्री बिना प्रि- बजेट छलफल भएको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले सरकारले परम्परा भत्काउदै गएको आरोप लगाए । उनले सरकारले विनियोजन विद्येयक सिद्धान्त र प्राथामिकता (करप्रस्ताव बाहेक) छलफलमा परम्परा भत्काएको आरोप लगाए ।
‘वास्तवमा परम्परा तोड्ने नाउमा सबै परम्परा तोडिदैन । बजेटको विनियोजन प्राथमिकतामा अर्थ मन्त्री जहिले पनि बस्ने प्रणाली रहेको छ । परराष्ट्र मन्त्रालयले बजेट बनाउने होइन त्यसैले गर्दा अर्थमन्त्री आउनु पर्छन । पराराष्ट्रले आफनो लागि बजेट दिन्छ , उनले भने ,‘परम्परा भत्काउदै गयो भने संसदीय व्यवस्थाको औचित्य समाप्त हुन्छ । हााम्रो देश संविधान संसदीय व्यवस्था अगीकार गरेको छौं । जसमा सबै सांसद समान हुन्छ र प्रश्न सरकार सँग गरिन्छ । जनताको कुृरा सांसदले सम्पर्क मन्त्रालयमा राख्ने छ । ’
उनले भने २० वर्षको कार्यकालमा अर्थ मन्त्री नभए पनि बजेट विनियोजनको छलफल चलेको यो पहिलो पटक भएको भन्दै यो कस्तो प्रणाली चलेको छ नयाँको नाममा सिहँदरबार भत्काउने, प्रधानमन्त्री मन्त्री पद पनि भत्काउ ,सबै परिवर्तन गरौं ।
अर्थमन्त्रीले बजेटका लागि नीति गाइड गर्ने अर्थमन्त्रीको समूहले बजेट बनाउने हो , उनले भने त्यसैले गर्दा अर्थमन्त्री नभए पनि रेकर्डमा बसोस् भनेर आफूले बोलेको हुँ ।
मधेशमा मानव सूचाङ सबै कमजोर रहेको छ कर्णाली भन्दा पनि कमजोर रहेको छ । त्यसैले यो वर्ष मधेकमा प्याकेजको घोषणा गरेका थियौं किन कि मधेशले सबैभन्दा बढी भोट दिएको थियो, सांसद सिंहले भने ।
मधेश विस्फोटको स्थितिमा रहेको बताउदै उनले भने, नयाँ सत्तामा ,न सरकारमा मधेबको उपस्थित छ यस्तो तरिकाले राज्य चल्दैन । मेरो क्षेत्रको दलित समुदायको लागि स्थान छैन । पहाडको दलित बोल्नु हुुन्छ मधेशको दलितलाई ठाँउ छैन मधेशको दलितलाई मन्त्री बन्ने अधिकार छैन ? प्रश्न गरे ।
उनले चुरेको संरक्षण सबैभन्दा महत्वपूर्ण कुरा हो यसको संरक्षण नभए पानी अभाव हुन सक्छ । हाल चुरेको कारण पानीको लेबल तल रहेको बताए ।



