CLI

जेठ १३ सम्म आयोजना बैङ्कमा आयोजनाहरु राख्न सकिने

काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना बैङ्कमा आयोजनाहरु राख्न सकिने समयमा परिवर्तन गरेको छ । आयोगले जेठ १३ सम्म आयोजना बैङ्कमा आयोजनाहरु राख्न सकिने व्यवस्था गरेको छ ।

आयोगले आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टिको लागि पेश गर्ने समयावधि जेठ १३ गतेसम्मका लागि थप गरेको बताएको छ ।

विभिन्न मन्त्रालय र निकायको अनुरोध, पृष्ठपोषण समेतलाई मध्यनजर गरी आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ, क्रमागत, अध्ययन र विशेष परिस्थितिका आयोजनाहरु सम्बन्धित मन्त्रालय वा निकाबाट राष्ट्रिय आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टिको लागि पेश गर्ने समयावधि जेठ १३ गतेसम्मका लागि थप गरिएको आयोगले जनाएको छ । आयोगले अवधि थपको निर्णय जेठ १ गते गरेको हो ।

 

Leave Your Comment

Related News